Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोला प्रथाबाट इजलास गठन गर्ने मिति तोक्न भोलि फुलकोर्ट बस्दै

काठमाडौँ । सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरूले गोलाप्रथा प्रक्रियाद्वारा इजलास गठन गर्ने मिति तोक्नका लागि भोलि (बिहीबार) पूर्ण बैठक 'फुलकोर्ट' बोलाउने निर्णय गरेका छन् ।

बुधबार दिउँसो यसबारे छलफल गरेका उनीहरूले गोलाप्रथा प्रक्रियाद्वारा इजलास गठन गर्नका लागि मिति तोक्न बिहीबार फूलकोर्ट बोलाउने निर्णय गरेका हुन् ।

बैठकका अनुसार १८ जना न्यायाधीशको निर्णय बमोजिम मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले फुलकोर्टका लागि समन्वय गर्नेछन् । सामान्य अवस्थामा प्रधानन्यायाधीशको निर्देशन बमोजिम मुख्य रजिष्ट्रारले फुलकोर्ट बोलाउनुपर्ने थियो।

तर, अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्व अस्वीकार गर्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बोलाउने निर्णय गरेका हुन् । स्रोतका अनुसार न्यायाधीशहरूले बिहीबार फुलकोर्ट बस्नुअघि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्षद्वय चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्यसँग पनि छलफल गर्नेछन् । ।

यसअघि गत बिहीबार बसेको फुलकोर्टले सर्वोच्च अदालत नियमावली संशोधनको निर्णय गर्दै प्रधानन्यायाधीशले तोक्दै आएको दैनिक पेसी र इजलास अब गोला प्रक्रियाद्वारा तोक्ने व्यवस्था गरेको थियो । त्यही व्यवस्था अनुसार गोला प्रक्रिया लागू हुने मिति तोक्न फुलकोर्ट बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077