Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कांग्रेस १४औं महाधिवेशन : २८ जिल्लामा नयाँ नेतृत्व, कुन समूह अगाडि ?

    कांग्रेस १४औं महाधिवेशन : २८ जिल्लामा नयाँ नेतृत्व, कुन समूह अगाडि ?

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

    हालसम्म चयन भएका जिल्लाको नेतृत्व हेर्दा कांग्रेसको केन्द्रीय नेतृत्वकै दुई गुटबीच कडा टक्कर देखिएको छ ।



    १४औं महाधिवेशनअन्तर्गत एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी गरी ३५ निर्वाचन क्षेत्र छन् । तीमध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको हो । जिल्ला अधिवेशन सम्पन्न भएका २८ जिल्लाको परिणाममा कांग्रेसको संस्थापन पक्ष अगाडि देखिएको छ ।



    सार्वजनिक मत परिणामअनुसार २८ मध्ये १५ जिल्लामा हालका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको संस्थापन समूहले नेतृत्व हात पारेको छ ।

    यस्तै, १३ वटा जिल्लामा संस्थापनइतर समूहले नेतृत्व पाएको छ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा भने जिल्ला नेतृत्व चयन गर्न १० मंसिरमा जिल्ला अधिवेशन तोकिएको छ ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १३ जिल्लामा दसैंअघि नै अधिवेशन भएको थियो । अन्य हिमाली तथा पहाडी जिल्लामा भने अहिले धमाधम नेतृत्व चयनको काम भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार