Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'महाधिवेशनका लागि हाम्रा कार्यकर्ताले पैसा तिर्या छन्, तपाईंहरुलाई के भो त ?'

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीको आसन्न महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

बेलाबेला आफ्नो बोल्ने शैलीका कारण चर्चामा आउने पूर्व संचारमन्त्री समेत रहेका बाँस्कोटाले बिहीबार एक कार्यक्रममा अर्को विवादास्पद अभिव्यक्ति दिएका छन्।

सगरमाथा टेलिभिजनमा पत्रकार प्रकाश गिरीसंगको अन्तर्वार्तामा महाधिवेशनबारे विवादास्पद अभिव्यक्ति दिएका हुन्।

महाधिवेशनका लागि मन्च बनाउन ५० लाख खर्च गर्नु भो भन्ने गिरीको प्रश्नमा नेता बाँस्कोटाले 'तपाईंहरुलाई के टाउको दुख्यो त हाम्रा कार्यकर्ताले तिर्या। तिनै मान्छे सदस्य छन्, तिनकै पैसाले बन्दै छ तपाईंहरुलाई के भो त?' भन्दै घमण्ड गरेका छन्।

उनको यो भिडियो पछिल्लो समय सामाजिक संजालहरुमा अहिले निकै भाइरल भएको छ। उनले आफ्नो पार्टी सरकारमा हुँदा विकासका आयोजना पनि थुप्रै सम्पन गरेको दाबी गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077