Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ओलीलाई वाग्लेको सुझाव, ‘तपाईं काठमाडौं नफर्कनुस्, नारायणी किनारबाट देवघाट जानुस्’

काठमाडौं । लेखक तथा नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नारायणी किनारबाटै देवघाट जान सुझाव दिएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन अन्तर्गत बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा सहभागी भएका उनले ओलीलाई देवघाट जान भनेका हुन्।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि ओली हाल चितवनमा छन्। चितवनको नारायाणी नदी किनारमा एमालेको महाधिवशेन हुँदैछ।

‘न्यायालयको समस्या छरपस्ट हुँदा पनि फैसला (प्रतिनिधिसभा विघटनको विरुद्धमा) गर्ने न्यायाधीश सबैले राजीनामा दिउन् भनेर न्यायपालिकाप्रतिको भूमिका बिर्सिने नेतालाई म भन्छु – तपाईं काठमाडौं नफर्कनुस्। नारायणी किनारबाट देवघाट जानुस्। पाँच लाख कार्यकर्ताले एक–एक रुपैयाँ उठाए भने पनि तपाईंलाई सुनको कमाण्डलु किन्न पुग्छ,’ मार्चपासपछिको कोणसभालाई सम्बोधन गर्दै वाग्लेले भने।

सडकको मुद्दाको बलमा सत्तामा जाने र सत्तामा गएको भोलिपल्टदेखि प्रतिगमनको मतियार हुने या आफैँ प्रतिगमनको सूत्रधार हुने सम्पूर्ण राजनीतिक पंक्तिलाई जवाफ दिनका लागि बृहत् नागरिक आन्दोलन निरन्तर जागिरहने पनि उनले जानकारी दिए।

नेपाल बार एशोसियन जबराको राजीनामा माग गर्दै निरन्तर आन्दोलनमा छ। बारको आन्दोलनलाई बृहत नागरिक आन्दोलन लगायत अन्य संस्थाहरुले साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077