Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सरकारले छिमेक सम्बन्ध बिगारेको र न्यायालयको समेत दुरुपयोग गरेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताएका छन् ।

प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका उनले पृथकीकरणको सिद्धान्त खलबलिँदै जाँदा लोकतन्त्र नै खतरामा परेको दावी गरे ।

चितवनमा जारी १०औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले स्वतन्त्र न्यायालयको समेत दुरुपयोग हुँदा देशमा यतिबेला गम्भीर चुनौती खडा भएको बताए ।

ओलीले १०औँ महाधिवेशनबाट राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले छिमेक सम्बन्ध विगारेको आरोप लगाए । ओलीले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको बताए । कुनै समस्या छन् भने तिनीहरुको समाधान वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै उनले भने, ‘सरकारले सन्तुलित छिमेक म्स्बन्ध विगारिरहेको छ, त्यो उसको गल्ती हो ।’

उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यवाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वसनीय र भरपर्दो पार्टीका रूपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077