Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राकाथुम हत्याकाण्ड : १२ वर्षपछि बाबुछोरा पक्राउ

रामेछाप । प्रहरीले रामेछापको खाँडादेवी गाउँपालिकास्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’को हत्या आरोपमा बाबुछोरालाई पक्राउ गरेको छ।

२०६६ असोजमा काभ्रेको तेमाल गाउँपालिका घर भएका तिर्थमानलाई बोलाएर राकाथुमको पिपलबोटमा हत्या गरिएको सो घटना १२ वर्षसम्म २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङ रहेका छन्। शनिवार बिहान ज्ञानबहादुर घटनास्थलबाट र जयराम काभ्रेको धुलिखेलबाट पक्राउ परेका हुन्।

काभ्रेस्थित तेमाल गाउँपालिका–९ मेच्छेपौवाका निखिललाई ज्ञानबहादुरसको समूहले बोलाएपछि २०६६ असोज ९ मा उनी त्यहाँ गएका थिए। गाउँमा पुगेपछि माथिबाट ढुंगामुढा गर्दै खुकुरी र तरबारले घाँटी तथा अनुहारमा हानेर विभत्स तरिकाले उनको हत्या गरिएको थियो।

हत्यापछि पीडित पक्षका मानिसहरुले ज्ञानबहादुरको घरमा गएर आगो लगाइदिएका थिए। मृतकका बावु पृथ्वीमान दोङले हत्यामा संलग्नहरुलाई कारवाहीको माग गरेर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077