Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

चिसो बढ्ने क्रम जारी : आज यी स्थानमा पानी र हिउँ पर्दै

काठमाडौं । नेपालको पूर्वी भू–भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ। तराईका भू–भागमा तुँवालो लागेको छ।

शनिबार दिउँसो : प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली र अन्य पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू–भागहरुमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने प्रदेश १, बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश सुदुर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077