Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एमालेमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल, आज उम्मेदवारी दर्ता

    एमालेमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल, आज उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए ।

    तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार उद्घाटन सत्र सकेको एमालेले आइतबार मतदानबाट नेतृत्व चयन गर्दै छ ।



    एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको बताए । विद्युतीय मेसिनबाट मतदान गर्ने र सोही दिन मतपरिणाम पनि सार्वजनिक गर्ने उनले बताए ।



    चितवनको नारायणी नदी किनारमा उदघाटन सत्र सकेर सौराहामा बन्द सत्र शनिबारदेखि सुरु हुँदै छ । शुक्रबार राति नै एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक सौराहामै बसेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार