Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले महाधिवेशनबारे गगन थापाको टिप्पणी: त्यो 'ओलीवेशन' हो, हाम्रो अधिवेशन हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले नेकपा एमालेले महाधिवेशनका नाममा 'ओलीवेशन' गरेको बताएका छन्।

शनिबार आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै नेता थापाले एमालेको दशौं महाधिवेशनबारे यस्तो टिप्पणी गरेका हुन्।

‘त्यहाँ सबै बाका छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । आज नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बाको पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ,’ थापाले भने ।

यस्तै, कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले कांग्रेसको अधिवेशन र एमालेको ओलीवेशनलाई लिएर अलमलमा नपर्न आग्रह गरे ।

महाधिवेशनबारे उनले रोचक कुरा निकाल्दै सुरु गरे, ‘हिजो मेरो टोलका अभिभावकहरूले सोध्नुभयो । एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्यो, थाहै भएन । आज नारायणी किनारमा कति ठूलो सभा भयो । अधिवेशन त यस्तो पो हुनुपर्छ । तिमीहरूको हेर्‍यो, उता भिडेको छ, यता बाझेको छ, जताततै लफडै–लफडा छ।'

थापाले आफूले जवाफमा काकाहरूलाई भनेको सुनाउँदै भने, ‘एमाले र हामीहरूबीचमा अलिकति फरक छ । हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो । अधिवेशन र ओलीवेशनमा फरक छ । हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन् । तर, ओलीवेशनमा बाका छोराछोरीहरू मात्रै हुन्छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077