Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झण्डै २ लाख अमेरिकी डलरसहित मुस्ताङका छिरिङ पोखराबाट पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लाखौं विदेशी मुद्रासहित १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मुस्ताङ जिल्ला लो-घेकर दामोदर कुण्ड गा.पा.१ स्थायी घर भई हाल पोखरा बस्ने छिरिङ डुन्डु गुरुङ रहेका छन् ।

गुरुङलाई विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरीको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका गुरुङ अमेरिकी डलर १ लाख ९४ हजार २०० सहित काठमाडौँबाट पोखरा आउंदै गरेका थिए ।

गुरुङमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077