Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • जाजरकोटमा एकाबिहानै बस दुर्घटना : ५ जनाको मृत्यु, २७ घाइते

    जाजरकोटमा एकाबिहानै बस दुर्घटना : ५ जनाको मृत्यु, २७ घाइते

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.4K
    SHARES

    file photo

    जाजरकोट । जाजरकोटमा एकाबिहानै बस दुर्घटना भएको छ । आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

    प्रहरीक अनुसार नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको बताइएको छ ।



    बसमा ३२ जना यात्रु सवार रहेका थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाले बताए र उनका अनुसार राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार