Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दाम्लोले बाँधेर स्थानीय युवा कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

    दाम्लोले बाँधेर स्थानीय युवा कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 3.5K
    SHARES

    जाजरकोट । जिल्लाको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् ।

    गत साउन १५ गते स्थानीय सर्पे नेपालीलाई दाम्लोले बाँधेर निर्घात कुटपिट गरेकाे आराेपमा उनलाई बिहीबार इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले घरबाटै पक्राउ गरेको हो ।



    पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुनने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए ।



    ‘वडा अध्यक्षलाई पक्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, स्थानीयलाई कुटेको भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मुद्दा चलाउँछौं,’ प्रहरी निरीक्षक पाण्डेले भने ।

    यस्तो थियो घटनाको बिवरण : जाजरकोटमा वडाध्यक्षद्वारा युवालाई दाम्लोले बाँधेर कुटपिट, प्रहरी बेखबर ! (भिडियो)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार