Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

    चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.5K
    SHARES

    जाजरकोट । जाजरकोटमा चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ परेका छन् ।

    नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन्।



    वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेपछि प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो।



    वडाध्यक्ष पुनलाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताए।

    वडाध्यक्ष पुनले लामो समयदेखि लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चलाउँदै आएका थिए। तर उनीसँग उक्त मोटरसाइकलका कुनै कागजपत्र थिएनन्। वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार