Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • धरानमा जुवा खेलिरहेका भोजपुरका वडाध्यक्ष पक्राउ

    धरानमा जुवा खेलिरहेका भोजपुरका वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 819
    SHARES

    विराटनगर । सुनसरीको धरानमा जुवा खेल्दै गरेको अवस्थामा भोजपुरको आमचोक गाउँपालिका-६ का वडाअध्यक्ष पक्राउ परेका छन्।

    धरान–१० पुतली लाइनस्थित एक बेकरी क्याफेबाट प्रहरीले सोमबार वडाध्यक्ष, शिक्षकसहित ११ जनालाई जुवाको खालबाट समातेको हो।



    पक्राउ पर्नेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका वडा ६ का अध्यक्ष बमबहादुर बस्नेत, लक्ष्मी माध्यमिक विद्यालय पाङ्चाका शिक्षक अशोक राई छन् ।



    उनीहरूसँगै पक्राउ पर्नेहरूमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ, भरत थापा, जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेका छन् ।

    पक्राउ परेका उनीहरुलाई मंगलबार म्याद थप गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार