Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लागूऔषधसहित पक्राउ परेका वडाध्यक्ष २४ घण्टा नबित्दै छुटे

    लागूऔषधसहित पक्राउ परेका वडाध्यक्ष २४ घण्टा नबित्दै छुटे

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । लागूऔषधसहित पक्राउ परेका वडाध्यक्ष २४ घण्टा नबित्दै छुटेका छन् । मंगलबार सिराहाको सीमा क्षेत्र माडरबाट पक्राउ परेका सिराहा नगरपालिका वडा नंं. १८ का वडाध्यक्ष राम सोगारथ यादवलाई प्रहरीले २४ घण्टा नबित्दै छाडेको हो ।

    जिल्ला प्रहरी कार्यालय सिराहाले उनलाई छाडिएको पुष्टि गरेको छ। ‘हिरासतमा राखेर वा नराखेर दुवै तरिकाले अनुसन्धान गर्न मिल्छ, (लागूऔषधको) धेरै परिमाण पनि होइन । त्यसैले छाडिएको हो ।’



    भारतबाट फर्किदै गर्दा माडरमा चेकजाँच गर्ने क्रममा प्रहरीले वडाध्यक्ष यादवको साथबाट नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामत गरेको थियो। मंगलबार सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔषध बरामद भएको थियो।



    प्रहरीका अनुसार लागूऔषध वडाध्यक्ष यादवको हो कि होइन भन्ने पुष्टि नभइसकेकोले छाडिएको हो । तर, यस बिषयमा भने प्रहरी संगठनभित्रै कुरा बाझिएको छ । स्रोतका अनुसार लागूऔषध राखिदिएर निर्दोष व्यक्तिलाई फसाइएको घटनामा वडाध्यक्ष यादवलाई छाड्न हतार गर्नु रहस्यमय भएको स्रोतको दाबी छ ।

    यसअघि गत भदौमा रौतहटमा पत्रकार मोजिबुल्लाहलाई लागूऔषध राखिदिएर फसाइएको प्रकरणमा प्रहरीकै संलग्नता देखिएको थियो । उनको मोटरसाइकलमा लागूऔषध राखिदिँदै गरेको सीसी टीभी फुटेज सार्वजनिक हुँदा पनि प्रहरीले थप अनुसन्धान गरेर फसाउनेलाई पक्राउ नगरेसम्म छाडेको थिएन ।

    यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटेपछि पनि उनी एमालमै थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार