Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अवैध लागूऔषधसहित पाँचजना पक्राउ

    अवैध लागूऔषधसहित पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कैलाली र झापाबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय पप्पु राना, सोही उपमहानगरपालिका(३ बस्ने १९ वर्षीया करिष्मा छेडाल, सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय शाहिल नेपाली र सोही उपमहानगरपालिका–७ बेली बस्ने १८ वर्षीय किशोर रहेका छन् ।



    उनीहरूमध्ये पप्पु राना र करिष्मा छेडाललाई करिब ३ ग्रामसहित धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट, शाहिल नेपालीलाई ३ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१ स्थित शिव मन्दिर नजिकबाट र किशोरलाई ३ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१५ कनरीबाट प्रहरीले पक्राउ गरेको हो ।



    त्यसैगरी प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका–६ बद्री टोल बस्ने ३२ वर्षीय बसन्त राईलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार