Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ३१ लाखको अवैध लागूऔषधसहित छ जना पक्राउ, फेरि पनि आयो अमेरिकाबाट गाँजा

    ३१ लाखको अवैध लागूऔषधसहित छ जना पक्राउ, फेरि पनि आयो अमेरिकाबाट गाँजा

    चकलेटको बट्टामा राखेर यसरी हुन्थ्यो तस्करी

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले मिठाईको बट्टामा लागूऔषध राखेर तस्करी गर्ने पाँच जनासहित छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सुजन हेल्मू, सञ्जिव राई, अर्जुन ढकाल, अजय महतो, रामबहादुर तिमिल्सिना र सन्तोष तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरोले चलाएको विशेष अप्रेसनमा विभिन्न लागूऔषधसहित त्यसको कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरिएको ब्यूरा प्रमुख एसएसपी विकासराज खनालले बताए ।

    व्यूरोले भदौ २१ देखि २६ गते सम्म लागूऔषध कारोबारीविरुद्ध विशेष अप्रेसन चलाएको थियो । सोही अवधिमा पक्राउ परेका छ जना र अवैध लागूऔषध व्यूरोले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । ब्यूरोका अनुसार सो अवधीमा ५० दशमल ५ ग्राम खैरो हिरोइन, नियन्त्रीत लागुऔषध एम्पुल १२ हजार ७ सय ५८ वटा, लागुऔषध गाँजा १ किलो ३ सय ३० ग्राम बरामद गरिएको छ ।



    ब्यूरोले लागूऔधष कारोबारमा संलग्न गरिएका दुईवटा सवारी साधनसमेत नियन्त्रणमा लिएको जनाएको छ । जसमा लागूऔषध कारोबारीले प्रयोग गर्ने यात्रुवहाक बस र बलेरो जीप रहेको छ ।



    ब्यूरोले ५०.५ ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । भदौ २१ गते महालक्ष्मी नगरपालिका–२ इमाडोल, ललितपुरबाट माईजोगामाई गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१५, चौमतीमा सञ्जिव राईको डेरामा बस्ने २४ वर्षिय सुजन हेल्मुलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ३.५ ग्राम हेरोइन बरामद गरेको जनाएको छ । ब्यूरोले हेल्मुकै बयानका आधारमा उनलाई हेरोईन विक्री गर्ने सन्दुकपुर गाउँपालिका–३ इलाम घर भई चौमती नै बस्ने २९ वर्षिय सञ्जिव राईलाई सोही दिन नै पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ४७ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

    त्यसैगरी ब्यूरोले १२ हजार ७५८ एम्पुल, बोलेरो गाडी र भाडाको बससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । ब्यूरोले ललितपुर महानगरपालिका–५ थसिखेलबाट बा५च ७१३८ नम्बरको बोलेरो र सो गाडीमा लुकाइ राखेको अबैध लागूऔषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुलसहित मण्डनदेउपुर नगरपालिका–५ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–४ बागडोल बस्दै आएका ३१ वर्षिय अर्जुन ढकाललाई पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट बुप्रेनोर्फिन २८४० एम्पुल, डाइजेपाम २८४० एम्पुल र फेनारगन २८४० एम्पुल बरामद गरेको छ । ढकालले ललितपुर महानगरपालिका–२५ चुनीखेलमा समेत अबैध लागूऔषध लुकाउन एउटा कोठा लिएको खुलेको छ ।

    त्यस्तै ब्यूरोले प्रदेश०२–०३–००१ ख ३६२८ नम्बरको यात्रुबाहक बसबाट तीन हजार २३८ एम्पुल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । ढकालमाथि अनुसन्धान गर्ने क्रममा बसका सह–चालक कलैलय उपमहानगरपालिका–८ बारा घर भएका २१ वर्षिय अजय महतो र बस चालक सुनकोशी गाउँपालिका–७ घर भएका ४४ वर्षिय रामबहादु तिमिल्सिनालाई भदौ २६ गते ललितपुर महानगरपालिका–५ थसिखेलबाट पक्राउ गरेको हो । प्रहरीले उक्त बसबाट अबैध लागूऔषध बुप्रेनोर्फिना २७६६ एम्पुल, डाइजेपाम ४७२ एम्पुल बरामद गरेको जनाएको छ ।

    अर्का पक्राउ परेका फरार प्रतिवादी सन्तोष तामाङलाई भने ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको जनाएको छ । तामाङ २०७७ साल माघ ७ गते कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित डेराबाट अवैध लागूऔष खैरो हेरोइन ६३ ग्राम बरामद भएको मुद्दाका फरार प्रतिबादी भएको खुलेको छ ।

    त्यस्तै ब्यूरोले हुलाकमार्फत अमेरिकाबाट आएको एक किलो ३३० ग्राम गाँजा समेत बरामद गरेको छ । भदौ २१ गते अमेरिकाबाट आएको मनोज राईको नाममा आएको पार्सल खोल्दा लागूऔषध गाँजा भेटिएको हो । यस अघि भदौ २० गते पनि राईकै नाममा अमेरिकाबाट आएको पार्सल खोल्दा दुई किलो लागूऔषध गाँजा फेला परेको थियो ।

    प्रहरीले पार्सल प्रकरणमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–७ बस्ने २७ वर्षीय मनोज राई, काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ३० वर्षीय अंकित कुमार श्रेष्ठ र खुसिबु बस्ने ३० वर्षीय राहुल क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो । राहुल र अंकितले मनोजलाई ३० हजार रुपैयाँ दिने सर्तमा गाँजा भएको पार्सल लिन पठाएको खुलिसकेको छ ।

    उनी पक्राउ परेपछि पनि पुनः मनोज राईको नाममा अर्को पार्सल आएको हो । टिसर्ट, पाइन्ट भनेर पार्सल गरिएको सामानमा १ किलो ३३० ग्राम गाँजा भेटिएको ब्यूरो प्रमुख एसएसपी खनालले बताए ।

    एसएसपी खनालका अनुसार बरामद लागूऔषधको बजार मूल्य अन्दाजी ३१ लाख भन्दा बढी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार