Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ४८ लाख बढीको लागूऔषधसहित १८ जना पक्राउ

    ४८ लाख बढीको लागूऔषधसहित १८ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 438
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले लागूऔषध कारोबारमा संलग्न १८ जना पक्राउ गरेको छ ।

    एनसीबीले अवैध लागूऔषध खैरो हेरोइन ४६९.५१ ग्राम र नियन्त्रित लागू औषध ९४० एम्पुलसहित उनीहरूलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा बिरेन्द्र बहादुर मल्ल,सुनिल शाही,निखिल कुमार मण्डल,जगत शर्मा,साबित्री मगर शाही, प्रकाश बुढा,कल्पना चौधरी, तोलपाल राजवंशी,महमद नायम शेष,सुसन तामाङ आशिष थकाली र सुमन गुरुङ रहेका छन् ।



    विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका तथा विभिन्न जिल्लामा रहेका मातहत शाखा कार्यालयहरुबाट लागूऔषध खैरो हेरोइन र नियन्त्रित लागूऔषध डाईजेपाम, ब्रुपिनोर्फिन र फेनारगन एम्पुलहरूसहित १८ जनालाई पक्राउ गरिएको एनसीबीका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्र राज जोशीले बताए ।

    पक्राउ परेकाहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। बरामद लागूऔषधको अवैध बजार मूल्य करिब ४८ लाख ५३ हजार २० रुपैयाँ रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार