Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ३०लाख बढीको लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ

    ३०लाख बढीको लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 495
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले लागूऔषध कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

    लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले अवैध लागूऔषध खैरो हेराइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।



    प्रहरीले जेठ ९ गते काठमाडौंको बौद्ध टुसालस्थित एक होटेलबाट लागूऔषध खैरो हेरोइन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वा, जेठ ११ गते काठमाडौं महानगर वडा नम्बर ९ बाट खैरो हेरोइन ९४ ग्रामसहित झापाकै वर्ष २८ का विजय लिम्बू, जेठ ११ गते नै झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका वर्ष २९ का माधव मेचे र विनोद लिम्बूलाई पक्राउ गरिएको एनसीबीका प्रवक्ता (एसपी) चक्रराज जोशीले बताए ।



    जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेराईन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जिलिङ जिल्लाका वर्ष २२ का शिव घोष र सोही ठेगाना भएकी वर्ष २६ की श्यामला सोरेनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

    ६ जनाबाट खैरो हेरोइन ३१२.५४० मिलिग्राम बरामद गरेको हो।  यस कारबाहीमा नेपालीलाई लागूऔषध खैरो हेराईन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरु समेतलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएक प्रवक्ता जोशीले बताए ।

    त्यस्तै प्रहरीले लागु औषध चरेस तीन किलो ६०० ग्रामसहित १ जना नेपालीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका वर्ष ४२ का तेम्बा शेर्पालाई पक्राउ गरेको छ । उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड जाने क्रममा पक्राउ गरिएको हो ।

    खैरो हेरोइन प्रति १ ग्रामको अवैध बजार मूल्य अन्दाजी १० हजारको दरले ३१२.५४० ग्रामको दरले ३१ लाख २५ हजार ४ सय रहेको छ भने लागु औषध चरेस प्रति १ किलोग्रामको अवैध बजार मूल्य अन्दाजी ५५ हजारको दरले ३ केजी ६ सय ग्रामको १ लाख ९८ हजार रहेको छ ।

    प्रतिवादीहरूको साथबाट बरामद भएको लागु औषधको अवैध बजार मूल्य अन्दाजी ३३ लाख २३ हजार ४ सय रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार