Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • १२ करोडको लागूऔषध कोकिनसहित २ जना विदेशी महिला पक्राउ

    १२ करोडको लागूऔषध कोकिनसहित २ जना विदेशी महिला पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 573
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले लागूऔषध कोकिनसहित २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

    ब्युरोले ब्राजिल बाट दुबई हुँदै नेपाल आएकी ३२ वर्षीया युक्रेनी नागरिक डारिया एन्जोनिन्को र थाइल्याण्डबाट मलेसिया हुँदै नेपाल आएकी आरिया फोनोकलाई पक्राउ गरेको हो ।



    पुस ६ मा ब्राजिलबाट दुबई हुँदै काठमाडौं आएकी युक्रेनी महिलाको साथबाट ब्यूरोको टोलीले ५ किलो ६ सय ग्राम कोकिन बरामद गरेको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी बिकास खनालले बताए ।



    ठमेलस्थित होटलबाट पक्राउ परेकी डारियाको बयानको आधारमा सो कोकिन लिन आउने आरियालाई प्रहरीले पक्राउ गरेको हो । आरिया बैंककबाट काठमाडौं आएकी हुन् ।

    ब्राजिलबाट काठमाडौं ल्याएको कोकिन कारोबारीहरुले बैंकक लान खोजेको अनुसन्धानबाट थाहा भएको एसएसपी खनालले जानकारी दिए । थाई नागरिक आरिया पुस ७ मा पक्राउ परेकी हुन् ।

    आरोपीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ विरुद्धको कसुरमा अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ । एसएसपी खनालका अनुसार बरामद कोकिनको बजार मूल्य १२ करोड ९ लाख रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार