Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट लागूऔषध चरेससहित जर्मन नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट लागूऔषध चरेससहित जर्मन नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 540
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध चरेशसहित एक जना जर्मन नागरिक पक्राउ परेका छन्।

    टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।



    पउलको साथबाट अन्दाजी ६ किलो चरेश बरामद गरिएको छ । प्रहरीका अनुसार पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागेको बेला चेकजाँचका क्रममा बरामद भएको हो ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनीमाथि थप अनुसन्धान गर्न लागूऔषध नियन्त्रण ब्युरोलाई बुझाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार