Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ३०लाख बढीको लागूऔषधसहित ५ जना पक्राउ

    ३०लाख बढीको लागूऔषधसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 588
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले ठूलाे मात्रामा अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपलिका बस्ने कैलाश बि क, सिन्धुलीको कमलामाई नगरपलिका–४ का मनोज थापा मगर र सोही ठाउँका राम कुमार श्रेष्ठ, मनोज थापा मगर र सिन्धुलीको कमलामाई नगरपलिका–११ का बिमल चौहान रहेका छन् ।



    लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले टेकुस्थित सडक किनारमा रोकी राखेको विरगञ्जबाट काठमाडौं चल्ने ना.१ ज.५५२४ नम्बर को भाडाको टाटा सुमो गाडी खानतलासी गर्दा उक्त गाडी भित्र झोलामा लुकाई राखेको लागूऔषध बुप्रेनोर्फिन (नुफिन) २२०० एम्पुल, डाईजेपाम २२०० एम्पुल, फेनारगन २२०० एम्पुल समेत गरी ६६०० एम्पुल बरामद गरएकाे ब्यूराे प्रमुख एसएसपी विकासराज खनालले बताए ।



    उक्त गाडी समेत बरामद गरी गाडीका चालक सर्लाही, हरिवन नगरपालिका–८ कैलाश बिकलाई  लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी )योगेन्द्र कुमार खड्काले बताए ।

    त्यसैगरी अवैध लागूऔषध खैरो हेरोइन ७७ ग्राम, डिजिटल तराजु थान– १ र नगद १ लाख६७, हजार ५ सय सहित ३ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

    ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले गौरीघाट स्थित सडक किनारबाट सिन्धुली, कमलामाई ४ का मनोज थापामगर र राम कुमार श्रेष्ठ, मनोज थापामगरको साथबाट लागू औषध खैरो हेरोइन २ ग्राम र रामकुमार श्रेष्ठको साथबाट नगद १ लाख ६७ हजार ५०० बरामद गरेको छ ।

    रामकुमार श्रेष्ठको,कागेश्वरी मनोहरा–८ स्थितमा रहेको कोठा खानतलासी गर्दा लागूऔषध खैरो हेरोइन २५ ग्राम र डिजिटल तराजु थान– १ समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ । उनीमाथि अनुसन्धान गर्दा लागूऔषध खैरो हेरोइन बिक्री गर्ने सिरहा, गोलबजार नगरपालिका–८ का सिकेन्द्र साफी पक्राउ परेका हुन् । यसबारे ब्यूराेले खोजतलास गर्दै जाँदा बुद्ध एयरको उडानद्वारा जनकपुरबाट काठमाडौं आएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल कक्ष तर्फको ट्याक्सी पार्किङबाट लागूऔषध खैरो हेरोइन ५० ग्रामसहित ३ जनालाई पक्राउ गरी लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एसपी खड्काले बताए ।

    त्यसैगरी ब्युरोबाट खटिएको प्रहरी टोलीले कोटेश्वरबाट सिन्धुली, कमलामाई नगरपालिका– ११ विमल चौहानलाई लागूऔषध खैरो हेरोइन १० दशमलव ५ ग्राम र डिजिटल तराजु थान– १ सहित पक्राउ गरी कारबाही अगाडि बढाएको पनि ब्यूराे प्रमुख एसएसपी खनालले बताए ।

    ब्युरोका अनुसार बरामद लागूऔषध खैरो हेरोईन तथा नियन्त्रित लागूऔषध एम्पुलको कुल मुल्य ३० लाख ३० हजार रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार