Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बुहारीसँग अनैतिक कुरा गर्ने वडाध्यक्षको राजिनामा माग, वडा कार्यालयमा तालाबन्दी

    बुहारीसँग अनैतिक कुरा गर्ने वडाध्यक्षको राजिनामा माग, वडा कार्यालयमा तालाबन्दी

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 972
    SHARES

    सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–३ का वडाध्यक्ष लोकबहादुर शाहीले बुहारीसँग अनैतिक कुरा गरेको आडियो बाहिरिएपछि बबाल मच्चिएको छ।

    मंगलबार स्थानीयले वडाध्यक्ष शाहीले समाजिक सद्भाव खलल गर्ने खालको अनैतिक कार्य गरेको भन्दै राजीनामा दिनुपर्ने माग राखेका छन् । स्थानीयले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्।



    नाताले बुहारी पर्ने एक महिलासँग अनैतिक कुरा गरेको अडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि वडाध्यक्ष विवादमा तानिएका हुन् ।



    वडाध्यक्ष शाहीले आफ्नो नाता पर्ने एक जना महिलासँग असभ्य तरिकाले कुरा गरेको अडियो केही दिनअघि बाहिरिएको थियो । त्यसअघि पनि उनले गाउँमै वादी समुदायकी युवतीमाथि हातपात गरेको आरोप लागेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार