Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कीर्ते नागरिकता बनाउन आर्थिक चलखेल: अख्तियारद्वारा वडाध्यक्ष र सदस्यविरुद्ध मुद्धा दायर

    कीर्ते नागरिकता बनाउन आर्थिक चलखेल: अख्तियारद्वारा वडाध्यक्ष र सदस्यविरुद्ध मुद्धा दायर

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा भिरकोट नगरपालिका-९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडासदस्य कुल बहादुर गुरुङविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

    आयोगले बिहीबार वडाध्यक्ष र वडा सदस्यविरुद्ध १ लाख ३५ हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अनुसन्धानका क्रममा गुरुङद्वयले नागरिकता बनाइदिने भन्दै सेवाग्राहीसँग १ लाख ३५ हजार घुस लिएको अनुसन्धान खुलेको आयोगको दाबी छ।



    आयोगका अनुसार उनीहरुले आर्थिक प्रलोभनमा परेर दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा बदनियतपूर्वक गलत सिफारिस गरिदिएको भन्ने विषयमा छानबिन गर्दा भ्रष्टाचार देखिएको हो ।



    उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन२०५९ को दफा ३६ बमोजिम कारवाहीको माग दाबी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार