Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषध ब्राउन सुगरसहित पक्राउ

    एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषध ब्राउन सुगरसहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1.5K
    SHARES

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष रामचरण थारुलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ ।

    बाँके प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले वडाअध्यक्ष थारुसहित अन्य तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।



    पक्राउ पर्नेहरुमा थारुसहित सुरज थारु, ध्रुव थारु र सुन्दर थारु रहेका छन्। प्रहरीका अनुसार थ्रु आफै लागूऔषध प्रयोगकर्ता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।



    उनीहरुको साथबाट ३१० मिलिग्राम खैरो हेरोइन समेत बरामद भएको प्रहरीले जनाएको छ । वडाअध्यक्ष थारु सरकारी मोटरसाईकल चढेर बैजनाथ गाउँपालिकाबाट कोहलपुर आएका बेला पक्राउ परेका हुन् ।

    वडाध्यक्ष थारु २०७५ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार