Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 918
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    सूर्य विनायक नगरपालिका८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२-०२३ प २८५९ र प्रदेश नं ३-०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो ।



    दुर्घटनामा उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् । अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं.४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् ।



    घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई ०३-००१ ख २४११ नम्बरको टेलर गाडीमा ठोक्किएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार