Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु, ४ जना घाइते

    मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु, ४ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 720
    SHARES

    फाइल तस्विर

    काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नहडामा तीन ओटा मोटरसाइकल आपसमा ठोक्किंदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।



    प्रदेश १-०२-०४३ प १७१, को३८प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल हिजो साँझ सवा ६ बजे ठोक्किएका थिए । दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।



    उनको सनाखत हुन बाँकी छ । घाइते भएकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्रबजारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    हिजो बेलुकी साढे ८ बजे स४प १६३८ नम्बरको मोटरसाइकल सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोकिएर दुर्घटना हुँदा सो मोटरसाइकलका चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    उनको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा बेलुकी सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनको सनाखत हुन बाँकी छ ।

    यसैगरी कैलालीको गोदावरी नगरपालिका ७ हरैयाचोकमा ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

    रोकिराखेको सुदूरपश्चिम प्रदेश-०१-००२ त ६४६४ नम्बरको ट्याक्टरमा से७प ७७९३ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे ठोक्किंदा मोटरसाइकल चालक कञ्चनपुर राजघाटका २३ वर्षीय छविलाल चौधरीको मृत्यु भएको । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार