Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारी मोटरसाइकलमा भारतीय नम्बर राखेर चलाउने तीनजना पक्राउ

    सरकारी मोटरसाइकलमा भारतीय नम्बर राखेर चलाउने तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 1.3K
    SHARES

    रौतहट । रौतहटमा सरकारी नम्बरको मोटरसाइकलमा भारतीय नम्बर राखेर चलाइरहेका तीनजना पक्राउ परेका छन् ।

    जिल्लाको फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नम्बरको निलो र कालो रंगको बजाज कम्पनीको १५० सीसीको पल्सर मोटरसाईकलमाथि भारतीय नम्बर राखेर चलाइरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    उनीहरूमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले आरोपीहरुको नाम भने सार्वजनिक गरेको छैन ।



    उक्त मोटरसाइकल गौर नगरपालिका १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडि पार्किङ्ग गरी राखेको अवस्थामा बुधवार अपरान्ह चोरी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार