Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादवको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।



    गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार