Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • स्कुटर र मोटरसाइकल ठोक्किँदा प्रहरी हवल्दारको मृत्यु

    स्कुटर र मोटरसाइकल ठोक्किँदा प्रहरी हवल्दारको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 987
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्कुटर चालक काठमाडौं​कै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् ।



    अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

    मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ । बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे ठोकिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार