Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • जाजरकोट बस दुर्घटना : मृतक पाँचै जनाको सनाखत

    जाजरकोट बस दुर्घटना : मृतक पाँचै जनाको सनाखत

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । जाजरकोटमा भएको बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेका छन्।



    नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आज विहान भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा भएको हो। बस सडकबाट २ सय मिटर तल खसेको थियो ।



    दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भैरहेको र हेलिकप्टर माग गरिएको प्रहरीले जनाएको छ ।

    अन्य घाइतेहरुको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार