Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनयन भएका छन्।

यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत गरी घिमिरेलाई संयोजकको जिम्मेवारी दिइएको हो ।

कांग्रेस कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले यादवको राजीनामा स्विकृत गरी घिमिरेलाई संयोजक पदमा मनोनयन गरेका हुन्। डेमोक्रेटिक लयर्स एशोसिएसनका पुर्व अध्यक्ष समेत रहेका घिमिरे यसअघि निर्वाचन समिति सदस्य थिए।

डडेल्धुराको अधिवेशनका सन्दर्भमा दबाब आएपछि यादवले राजीनामा दिएका थिए । डडेल्धुरामा निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहको बहिष्कारका बीच जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

मल्ल समूहले उक्त अधिवेशन मान्य नभएको भन्दै पुन अधिवेशन गराउन दबाब दिएको छ । मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन सुरु गरेको मल्ल समूहले केही दिनअघि यादवमाथि भौतिक आक्रमणको धम्की दिएको थियो ।

मल्ल समूहको धम्कीपछि यादवले संयोजकबाट राजीनामा बुझाएर पार्टी कार्यालय जान छोडेका थिए । यादवले काममा फर्किन नमानेपछि सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेर निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई संयोजक तोकिएको हो ।

अब घिमिरे नेतृत्वको समितिमा सीताराम केसी, एकराज पोखरेल, तेजबहादुर रावल सदस्य गरेका छन् । समितिको सदस्य सचिवमा केशव रिजाल र जगन्नाथ श्रेष्ठले रहेका छन् ।

काँग्रेसले अगामी मंसिर २४–२६ गते १४ औं महाधिवेशन छ । जिल्ला अधिवेशन अन्तिम चरणमा पुगेको छ भने आगामी मंसिर २६ र २७ गते प्रदेश अधिवेशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077