Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ओलीलाई भेटेर अष्टलक्ष्मी र युवराजले भने–रावललाई मिलाउनुहोस्

चितवन । केन्द्रीय कमिटीको प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पक्षका नेताहरुलाई समेत मिलाउन नसकेर सकसमा परेका बेला १० बुँदे पक्षधर दुई नेताले आइतबार बिहान अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

सौराहस्थित पार्क सफारी होटलमा बसेका उनी आज विहानैदेखि नेताहरुसँग समूहगत र एक्काएक्लै छलफलमा व्यस्त छन् । पदाधिकारीमा आप्mनै पक्षका नेताहरुले दावी नछाड्दा ओलीलाई पदाधिकारीको टुंगो लगाउन सकस भएको हो ।

सहमतिमार्फत १०औँ महाधिवेशनको टुङ्गो लगाउने कि निर्वाचनमार्फत भन्नेमा अन्योल कायमै रहेका बेला १० बुँदे पक्षधरका अष्टलक्ष्मी शाक्य र प्रदिप ज्ञवालीले ओलीलाई भेटेका हुन् ।

ओलीलाई भेट्न सौराहस्थित पार्क सफारी रिसोर्ट पुगेका शाक्य र ज्ञवालीलले
अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलसमेतलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न आग्रह गरेको बुझिएको छ । सो क्रममा उनीहरूले रावलसँग वार्ता गर्न पनि ओलीलाई सुझाएका छन् ।

जवाफमा ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको जानकारी गराउँदै रावलसँग वार्ता गर्ने आश्वासन दिएका थिए । यद्यपि रावललाई कसरी मिलाउने भन्नेमा भने सहमति हुन सकेको छैन ।

आफ्नै पक्षका नेताहरुलाई समेत मिलाउन नसकेका ओलीले रावललाई अहिलेसम्म भेटेका छैनन् । हिजो बेलुका शाक्य र ज्ञवालीसँगै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले पनि ओलीलाई भेटेर सहमतिका लागि दबाब दिएका थिए ।

उनीहरूले निर्वाचनमा जाँदा एकताको सन्देश नजाने भन्दै ओलीलाई मिलाउन आग्रह गरेका थिए ।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पारेखलको नाम अघि सारेका छन् । अर्का दावेदार सुवास नेम्वाङलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् । तर, एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।

यस्तै ओलीले महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका छन् । अर्का दावेदार विष्णु पौडेललाई उपाध्यक्षमा बस्न आग्रह गरेका छन् । तर, पौडेल सहमत भइसकेको छैन । १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुको समेत आफूलाई समर्थन गरेको भन्दै उनी पोखरेललाई महासचिव छाड्न तयार भएका छैनन् ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमै सहमति गर्न सकस भएपछि ओलीले अध्यक्षमा उम्मेदवारी दिने अडानमा रहेका रावलसँग सम्वाद गर्न भ्याएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077