Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सर्वोच्च बारका अध्यक्षले भने–चोलेन्द्र अब कागजी रुपमा मात्रै प्रधानन्यायाधीश

    सर्वोच्च बारका अध्यक्षले भने–चोलेन्द्र अब कागजी रुपमा मात्रै प्रधानन्यायाधीश

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालत बारका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अब कागजी रुपमा मात्र प्रधानन्यायाधीश रहेको बताएका छन् । आज कानुन व्यवसायीको धर्नापछि आयोजित कार्यक्रममा बोल्दै शाक्यले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दापनि जनतालाई दुःख दिएर अदालत ठप्प पारेको आरोप लगाए ।

    शाक्यले भनेन–‘प्रधानन्यायाधीश व्यवहारिक रुपले अब त्यो पदमा हुनुहुन्न । उहाँ आफ्नो कार्यालयमा नआएको पनि ६, ७ दिन भइसक्यो । उहाँसँग अब कसैले पनि बेञ्च सेयर गर्नुहुन्न र उहाँको उपस्थितिमा न्याय परिषद्, न्याय सेवा आयोग र संवैधानिक परिषद्को मिटिङ पनि बस्नेवाला छैन । व्यवहारमा उहाँले प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्न नपाउने भइसकेपछि उहाँले ढिपी गरेर, राजीनामा नदिएर सारा जनताको मुद्दालाई अस्तव्यस्त पारेर, यो अदालतलाई ठप्प पारेर के सन्देश दिन खोजेको हो ?’



    उनले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म आन्दोलन नरोकिने पनि बताए । उनले भने–‘राजनीतिकर्मीहरुले संसदबाट उहाँलाई महाअभियोगको प्रक्रिया लगाएर हटाउने सम्भावना जब रहन्छ तब हाम्रो यो कार्यक्रम हामी रोक्छौँ ।’



    प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले सर्वोच्च अदालतमा धर्ना जारी राखेका छन् । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीले सर्वोच्च परिसरमा धर्ना दिइरहेका छन् ।

    नेपाल बार एशोशिएसनलले पनि कार्तिक दोस्रो सातादेखि आन्दोलन जारी राखेको छ । बारले आज महाअभियोगको माग गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई १७ बँुदे ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार