Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानन्यायाधीश राणा कामै नलाग्ने अवस्थामा पुगेको सर्वोच्च बारका अध्यक्ष शाक्यको टिप्पणी

    प्रधानन्यायाधीश राणा कामै नलाग्ने अवस्थामा पुगेको सर्वोच्च बारका अध्यक्ष शाक्यको टिप्पणी

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कामै नलाग्ने अवस्थामा पुगेको बताएका छन्।

    मंगलबार प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सहयोग गरिदिन आग्रह गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका बेला अध्यक्ष शाक्यले यस्तो प्रतिक्रिया दिएका हुन्।



    ‘प्रधानन्यायाधीश काम नलाग्नेमा परिणत भइसक्नुभएको छ। धेरै दिन टिकाइ राख्न नसक्ने स्थितिमा हामी पुगिसकेका छौं,’ अध्यक्ष शाक्यले ओलीसंगको भेटमा भने, ‘ न्यायपालिकाको सवालमा प्रमुख प्रतिपक्षी दलको नेतालाई सत्यतथ्य कुरा नराखेर हाम्रो अभियान पूर्ण हुँदैन भनेर हामी आएका हौं।’



    मंगलबार दिँउसो बारका अध्यक्ष शाक्य र नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा अधिवक्ताहरु बार एसोसिएसनको कार्यालयबाट बालकोट गएका थिए। भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि संवैधानिक प्रक्रिया (महाभियोग) अघि बढाउन अनुरोधसहितको ज्ञापनपत्र पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बुझाएका छन्।

    बारले जबराले मन्त्रिपरिषद्मा भाग खोजेको, न्यायालयमा विकृति, विसंगति, भ्रष्टाचारजन्य कार्य गरेको आरोप लगाएको छ । त्यस्तै, संवैधानिक परीक्षण गर्न दायर रिटको सुनुवाइमा ढिलाइ, संवैधानिक अंगमा पदाधिकारी नियुक्तिको रिटमा सुनुवाइ नगरी न्यायमा अवरोध गरेको बारको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार