Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको वडा अधिवेशनमा मन्त्रीका निजी सुरक्षाकर्मीले गोली चलाए

जनकपुरधाम । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।

बलरा नगरपालिका वडा नं ९ मा वडा अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको बताइएको छ । उनी नेपाल प्रहरीका हवल्दार हुन्।

वडा अधिवेशनको विषयमा मन्त्री सिंहले असन्तुष्टि जनाएपछि विवाद भएको थियो। दुवै पक्षबीच विवाद भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो।

सर्लाहीमा क्रियाशिल सदस्यताको विषयलाई लिएर लामो समयदेखि संस्थापन र संस्थापन इतरबीच विवाद चलिरहेको छ। यसअघि खटाइएका निर्वाचन अधिकृत विनोद कार्की र दीवाकरराज पाण्डेबीच विवादका कारण राजीनामा दिएर काठमाडौं फर्केका थिए।

दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेमाथि मंसिर २ गते हातपात भएको थियो। त्यतिबेला पनि मलंगवास्थित पार्टी कार्यालयमा दुई पक्षबीच विवाद हुँदा मन्त्री सिंहका पिएसओले इतर पक्षका नेता बलिराम झा र विनोद खनालमाथि पेस्तोल ताकेका थिए।

जसका कारण झडप हुँदा निर्वाचन अधिकृत पाण्डेयले राजीनामा दिएका थिए। त्यसपछि केन्द्रीय निर्वाचन समितिले दुवै समूहका नेताहरूलाई काठमाडौं बोलाएर सहमति गराई गएको मंगलबार भरत बहादुर राउतलाई निर्वाचन अधिकृतको रूपमा खटाएको थियो।

विवादकै कारण सर्लाहीमा अहिलेसम्म सर्लाहीमा वडा अधिवेशन सम्पन्न हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077