Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

खैरो हिरोइनसहित २ जना पक्राउ

मकवानपुर । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट लागूपदार्थ खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका– घर भएका ४२ वर्षीय तेजबहादुर गुरुङ र खुरखुरे घर भएका २९ वर्षीय अनमोल लामा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका मकवानपुरका अनुसार उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००२ प १९०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथमा लागु औषध फेला परेको थियो।

प्लाष्टिकको पोकामा लुकाएको सो खैरो हेरोइनसहित पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077