Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्छ : नेता सिंह

    पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्छ : नेता सिंह

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलिायो बनाउन पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँको १४औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने उल्लेख गरे ।



    विधान, नीति र नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नुपर्ने नेता सिंहले बताए । संविधान निर्माणको नेतृत्व गरेको दलले निर्वाचनमा भोट माग्न जाँदा पराजित हुनु दुःखद् क्षण भएको उनको भनाइ थियो ।



    कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनले नयाँ नेतृत्वलाई अगाडि बढाउनुपर्ने बताए । कांग्रेसलाई बलियो बनाए संविधान र लोकतन्त्र बलियो हुने उनको भनाइ थियो ।

    कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गर्न कांग्रेस काठमाडौँका नेता तथा कार्यकर्ताको महत्वपूर्ण साथ सहयोग रहेको भन्दै सबैलाई धन्यवाद दिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य किरण गिरी, सांसद भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसीलगायतको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार