Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ विजयी

    कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ विजयी

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ विजयी भएका छन्।

    बानियाँले सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई पराजित गरेका हुन्। बानियाँले एक हजार ९ सय ५७ मत पाए भने कार्कीले एक हजार ८९ मत ल्याएका थिए। बानियाँ यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति नै थिए।



    बानियाँलाई नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन थियो भने कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार