Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस सर्लाहीको वडा अधिवेशनमा फेरि गोली चल्यो, ढुंगामुढाबाट इन्स्पेक्टरसहित ५ जना घाइते

    कांग्रेस सर्लाहीको वडा अधिवेशनमा फेरि गोली चल्यो, ढुंगामुढाबाट इन्स्पेक्टरसहित ५ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.7K
    SHARES

    सर्लाही । सर्लाहीको बलरा नगरपालिका ७ मा नेपाली कांग्रेसको वडा अधिवेशनमा ठूलो झडप भएको छ। आइतबार तनावग्रस्त भएको सो वडामा सोमबार पनि गोली चलेको छ।

    अधिवेशन चलिरहेको समयमा नेतृत्व चयनका लागि भइरहेको मतदानको क्रममा दुई पक्षबीच झडप भई गोली चलेको हो। प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागी भएपछि प्रदेश मन्त्री बनेका वीरेन्द्र सिंहको पक्ष र नेपाली कांग्रेसका संघीय सांसद रहेका डा. अमरेशकुमार सिंहको पक्षबीच हानाहान भएको हो।



    उक्त झडपमा मतदान कार्यमा खटिएका मतदान अधिकृत उमेशचन्द्र झा, प्रहरी इन्स्पेक्टरलगायत ५ जना घाइते भएका छन्। मतदान अधिकृत झालाई एक पक्षले नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरेर प्रहरी कार्यालयमा सुरक्षित लैजान खोज्दा स्थिति झन् तनावग्रस्त बनेको थियो।



    कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेपछि मतदान अधिकृत झासहित प्रहरी निरीक्षक सुरेश ठाकुर, एक प्रहरी हवलदार, एक प्रहरी जवान र एक जना सर्वसाधारण घाइते भएका छन्। अन्य केहीलाई पनि सामान्य चोटपटक लागेको बताइएको छ।

    मतदान अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको छ। उनको उपचार भइरहेको छ। आइतबार पनि सर्लाहीको बलरामा भएको वडा अधिवेशनमा गोली चलेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार