Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो।

    कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गते सुरु हुने छ। केन्द्रीय महाधिवेशन मंसिर २४ गतेसुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ। त्यस्तै मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिने छ। उम्मेदवारले २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ।



    यस्तै २६ गते दिउँसो ३ बजेदेखि एक घण्टाभित्रमा उम्मेदवारले मनोनयन फिर्ता लिनुपर्ने कार्यतालिकामा उल्लेख छ। मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार