Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस उदयपुर सभापतिमा कार्की विजयी

    कांग्रेस उदयपुर सभापतिमा कार्की विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.7K
    SHARES

    उदयपुर । नेपाली कांग्रेस उदयपुर जिल्ला सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी भएका छन् ।

    मतपरीणम अनुसार कार्की १ सय ७८ मतान्तरले विजयी भएका हुन् । सभापतिमा विजयी कार्की संस्थापन पक्षका हुन् ।



    कार्कीले ७ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी पौडेल–कोइराला खेमाका बिदुर बस्नेत ५ सय ८९ मत पाएर पराजित भए ।



    जिल्ला कार्य समितिमा संस्थापन पक्षले दुई सदस्यबाहेक सबै पद हात पारेको छ।

    उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ निर्वाचित भएका छन् । सचिवमा मुरारी खड्का तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी विजयी भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार