Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आफ्नै श्रीमानको हत्या गरेर फरार रहेकी श्रीमती ७ वर्षपछि पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले आफ्नै श्रीमानको हत्यामा संलग्न रहेको अभियोगमा ७ वर्षपछि श्रीमतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उप-महानगरपालिकाकी ५० बर्षिया दिल कुमारी सेन रहेकी छिन्।

महाशाखाका अनुसार मिति २०७१ चैत ०९ गते बिहान ६ बजेको समयमा काठमाडौँ धोवीखोलास्थित सिम्रिक पुल मुनि टाउकोमा चोट लागेको अवस्थामा ४७/४८ वर्षको पुरूष व्यक्तिको लाश फेला परेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा मृतकको पहिचान गर्दा शव दाङका द्रोण बहादुर सेनको भएको पुष्टि गरेको थियो।

थप अनुसन्धानमा मृतकलाई ईट्टाले टाउकोमा प्रहार गरी मारेको अभियोगमा रामेछाप गोकुलगंगा गाउँपालिका-४, काफ्लेटोलका ५४ बर्षीय भिमे सार्की पक्राउ परेका थिए।

पक्राउ परेका कार्कीलाई जिल्ला अदालत काठमाडौँको आदेशले पुर्पक्षको लागी थुनामा पठाउँदा श्रीमतीबारे थप पोल खुलेको महाशाखाले जनाएको छ।

कुमारी सेनलाई गोप्य सूचनाको आधारमा मिति मंगलबार दिउँसो महाशाखाबाट खटिएको प्रहरीले वानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँवानेश्वर मा पठाएको माहाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077