Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अध्यक्षमा ओलीसँग हारेपछि भीम रावलले के भने ?

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली विजयी भए। दशौँ महाधिवेशनमा प्रतिस्पर्धी भीम रावललाई भारी मतान्तरले हराउँदै ओली पुनः अध्यक्ष बने।

अध्यक्षमा पराजित भएका पूर्वउपाध्यक्ष भीम रावलले मत परिणाम यस्तो आउँछ भन्ने आफूलाई पहिल्यै थाहा भएको बताएका छन्। अनौपचारिक मत परिणाम सार्वजनिक भएपछि रावलले यस्तो हुन्छ भन्ने थाहा पाएरै आफूले पाइला चालेको बताए।

‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले भने, ‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’

मंगलबार सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८३७ मत ल्याउँदा रावलले २२३ मत पाएका छन्।

एमालेको नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष निर्वाचित भएका थिए। यसपालि ओलीले आफूले छानेको सूचीमा सबैलाई सहमति गर्न आग्रह गर्दा रावलले अस्वीकार गर्दै उनीविरूद्ध उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077