Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • देउवा पक्ष र पौडेल पक्षबाट को बन्ला सभापतिको साझा उम्मेदवार ?

    देउवा पक्ष र पौडेल पक्षबाट को बन्ला सभापतिको साझा उम्मेदवार ?

    अनलाइन नेपाल
  • बुधबार, १५ मंसिर २०७८
  • 762
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न दबाब बढ्दै गएको छ।

    महाधिवेशनबाट पार्टी नेतृत्वमा टिक्न र पुग्न संस्थापन र इतर दुवै पक्षलाई आआफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउनुपर्ने दबाब परेको हो।



    सभापतिमा संस्थापन र इतर दुवै पक्षबाट एकभन्दा बढी उम्मेदवारी परेमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले विजयी हुन चाहिने मत ल्याउन नसक्ने बुझाइ दुवै पक्षको छ।



    कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउन शीर्ष नेता र आकांक्षीलाई सुझाइरहेका छन्।

    महाधिवेशनबाट सभापतिमा दोहोरिने तयारीमा रहेका शेरबहादुर देउवालाई विगतमा सँगै रहेका नेताहरूलाई समेटेर अघि बढ्न दबाब परेको छ। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिए पहिलो चरणमै आफ्नो पक्षमा परिणाम ल्याउन नसकिने सो समूहको बुझाइ छ।

    एकले अर्काको नेतृत्व अस्वीकार गर्दै प्रतिस्पर्धामा उत्रिँदा तिक्तता बढेर जाने, त्यसबाट दोस्रो चरणमा पनि एकले अर्कालाई सहयोग गर्नसक्ने अवस्था नआउने भन्दै देउवानिकट नेताहरूले निधि र श्रेष्ठलाई विश्वासमा लिन उनलाई आग्रह गरेका छन्।

    पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गरी सभापतिमा उम्मेदवारी दिँदा पहिलो चरणमा परिणाम आउन नसकेको यथार्थ रहेको जनाउँदै देउवानिकट एक नेताले भने,‘अहिले खुमबहादुर खड्का हुनुहुन्न।

    कुलबहादुर गुरुङसहितका नेताहरूको साथ र सहयोग रहने अवस्था पनि छैन। निधि र श्रेष्ठ नै प्रतिस्पर्धामा उत्रिने हो भने आफ्नो पक्षमा पहिलो चरणमा परिणाम आउन कठिन हुन्छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार