Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतबाट लागूऔषध लिएर नेपाल आउँदै गरेका १३ बर्षीय बालक महोत्तरीबाट पक्राउ

महोत्तरी । प्रहरीले लागूऔषधसहित १३ बर्षीय बालकलाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध लिएर नेपालतर्फ आउने क्रममा ती बालकलाई नियन्त्रणमा लिइएको महोत्तरी प्रहरीले जनाएको छ ।

सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह.२९७८ नम्बरको अटो रिक्सालाई रोकेर महोत्तरीको औरही नगरपालिका वडा नम्वर ४ कठुधारमा रोकेर चेक जाँच गर्ने क्रममा त्यसमा सबार सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ६ बस्ने १३ बर्षीय शनि नेपालीको साथबाट लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

बालकले कम्मरमा लगाएको बेल्टभित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको नाइटङोभेट–१० लेखिएको ६० थान र स्पास्मो प्रोक्सिभोन १६ थान बरामद भएको उनले बताए ।

लागूऔषधसहित फेला परेका बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077