Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा समाजवादी कर्णाली प्रदेश संसदीय दलको सचेतकमा देवी ओली नियुक्त

सुर्खेत । नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा देवी ओली नियुक्त भएकी छिन् ।

ओलीलाई मंगलबार बसेको दलको बैठकले सचेतकको जिम्मेवारी दिएको नेकपा समाजवादी कर्णाली प्रदेशसभाले जनाएको छ ।

कर्णालीमा तीन सदस्यीय नेकपा समाजवादीको संसदीय दलका नेतामा चन्द्रबहादुर शाही छन् । ओली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुन्।

यस्तै, नेकपा समाजवादी कर्णाली प्रदेश सभा दलमा शाही, ओली र अर्का सांसद पदमबहादुर रोकाया छन् ।

नेपाली काँग्रेससँग सत्ता साझेदारी गर्दै आएको नेकपा समाजवादीले कर्णालीमा तीनवटा मन्त्रालयको दावी  गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077