Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राप्रपा महाधिवेशन: अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

    राप्रपा महाधिवेशन: अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।



    बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको राप्रपा महाधिवेशनले १ अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचित गर्दैछ ।



    निर्वाचन समितिका संयोजक थापाका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ ।

    राप्रपाको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्ग्देनबीच प्रतिस्पर्धा हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार