Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुट्ने दुई जना सीआईबीको फन्दामा

    सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुट्ने दुई जना सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुट्ने दुई जनालाई एक महिनापछि पक्राउ गर्न सफल भएको छ ।

    पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका १, जुगुका विक्रम कार्की र सोही स्थानका सुमन कार्की रहेको सीआईबीले जानकरी दिएको छ। उनीहरुलाई सीआईबीको टोलीले घटना भएको करिब एक महिनापछि काठमाडौँबाट पक्राउ गर्न सफल भएको हो।



    उनीहरुको साथबाट मृतकको १ थान मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैयाँ समेत बरामद गरेको सीआईबीले जनाएको छ।



    सीआईबीका अनुसार गत कार्तिक १० गते दोलखाको गौरीशंकर गाउँपालिका जुगुमा रहेको हिमचुली बहुउद्देस्यीय सहकारी संस्थाका सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरी उनीहरुले सहकारीबाट १ लाख ८५ हजार लुटेर फरार रहेका थिए ।

    कार्कीद्वयले खड्कालाई डोरीले पछाडी हात बाँधेर विभत्स रूपमा हत्या गरेको सीआईबीले जानकारी दिएको छ । उनीहरू दुवै जनालाई सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाउने तयारी गरेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार