Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय सम्मेलनमा भाग लिने प्रतिनिधिहरुका लागि माओवादीले तोक्यो २ हजार शुल्क

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा भाग लिने प्रतिनिधिहरुका लागि जनही २ हजारका दरले शुल्क निर्धारण गरेको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबारदेखि सुरु भएको पार्टी स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनमा भाग लिने प्रतिनिधिका लागि २ हजार रुपैयाँ शुल्क तोकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

महराका अनुसार प्रवेश शुल्कको रुपमा महाधिवेशनमा भाग लिने प्रत्येक सदस्यबाट शुल्क लिइनेछ। यस्तै, बैठकले आगामी राष्ट्रिय सम्मेलनका लागि विधान संशोधनदेखि सदस्यता विवाद मिलाउन नेताहरुलाई जिम्मेबारी बाँडफाँड गरेको छ।

बैठकले केन्द्रीय प्रतिनिधि थप प्रस्ताव तयार गरेर ल्याउने गरि अध्यक्षलाई जिम्मेवारी दिएको छ।

यस्तै, बैठकले विधानमा परिमार्जनका लागि पाँच जनाको समिति गठन गरेको छ । जसमा देव गुरुङ ,पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दशन शर्मा र मातृका यादव रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077